Section 41
सुरक्षित बिक्री करार र अधिकारपत्रहरुको खरीद
देहायका अवस्थामा सुरक्षित बिक्री करार वा अधिकारपत्रको खरिदकर्ताले सुरक्षित बिक्री करार वा अधिकारपत्रउपरका विवादयुक्त धितोको हक र सोबाट प्राप्त लाभउपर समेत प्राथमिकता प्राप्त गर्नेछः– (क) प्राप्तकर्ताको नियमित व्यावसायिक कारोबारको सिलसिलामा प्राप्तकर्ताले नयाँ मूल्य दिई सुरक्षित बिक्री करार वा अधिकारपत्र आफ्नो कब्जामा लिएको भएमा, र (ख) सुरक्षित बिक्री करार वा अधिकारपत्रमा विवादयुक्त धितोको हक राख्ने व्यक्तिलाई सोको हस्तान्तरण गरिएको कुरा उल्लेख नगरेको भएमा ।